‘लुट्न सके लुट’ फेरि युटुबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं– राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले विवादमा परेको गीत ‘लुट्न सके लुट’लाई पुनः युटुबमा राख्न गायक पशुपति शर्मालाई आग्रह गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकले उक्त गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा सर्जकले सिर्जना गरेको गीत श्रोताले जस्ताको तस्तै सुन्न पाउनुपर्ने भन्दै गीत पुनः अपलोड गर्न गायक शर्मालाई आग्रह गरिएको छ ।

गीत–संगीत र अभिनय लगायतका अभिव्यक्तिबाट सार्वजनिक पदको आलोचना गर्न पाउने भन्दै प्रतिष्ठानले जारी वाक्–स्वतन्त्रताको हनन संस्थालाई सह्य नभएको उल्लेख गरेको छ । 

विज्ञप्तिमार्फत प्रतिष्ठानले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई स्मरण गराएको छ । 
 





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १९:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया