पूर्वसचिव रामेश्वर खनालले अर्को बिहे गरेका छन् । उनले सरिता शर्मा पोखरेलसँग नयाँ वैवाहिक जीवन सुरु गरेका हुन् ।
उनीहरूले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ जीवनको सुरुवात गर्न निर्णय लिए ।
खनालकी पहिलो श्रीमती सचित्रा खनालको २१ असोज २०७६ मा क्यान्सरका कारण निधन भएको थियो । शर्मा १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी थिइन् ।
उनीहरू दुवैका एक/एक छोरी छन् । शर्माको श्रीमानको १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रूपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।