स्वाद र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?

एजेन्सी– आफूलाई मन पर्ने खानेकुरा खान कसलाई पो मन नहोला र ? तर, कहिलेकांही के हुन्छ भने मीठो लाग्ने खाने कुरा खायो भने स्वास्थ्य बिग्रने हो कि भन्ने चिन्ता अचानक थोपरिन्छ ।

हामीमध्ये कतिलाई चाइनिज खाना मन पर्दो हो त कतिलाई फ्रेन्च । झन् पिज्जाजस्ता इटालियन खानेकुरा देख्दा जिब्रोले खान खोज्दो हो, मुखमा पानी आउँदो हो । तर, फेरि धेरै पिज्जा, फास्टफुड खाँदा स्वास्थ्य बिग्रन्छ भन्ने चिन्ता पनि छँदै छ ।

यस्तो किन हुन्छ भने हामीलाई यी खानेकुराका साइड इफेक्टबाट कसरी बच्ने थाहा नै नभएको हुन पनि सक्छ । यहाँ यस्ता केही टिप्स राखिएको छ, जसले हामीलाई स्वाद र स्वास्थ्यबीच सन्तुलन राख्न सहयोग गर्छः

चाइनिज खाना मन पर्ने हो भने त्यसमा धेरै तेल प्रयोग नगर्नु नै राम्रो हुन्छ । चाइनिज खानामा सुपलाई प्राथमिकतामा राख्दा अझ राम्रो हुन्छ । झन्, चिनियाँ खानामा त वास्फीकरणमा पकाइएका खाना पनि हुन्छन् जुन खाँदा हाम्रो स्वास्थ्यमा धेरै असर गर्दैन ।

चिज भरिएको पिज्जा, पास्ता तथा गार्लिक ब्रेडले पनि हामीलाई लोभ्याएको हुनसक्छ, तर यस्ता खानेकुरा नियमित खाँदा हाम्रो तौल निकै बढ्छ । त्यसैले इटालियन खाना खान मन लाग्दा हामीले माइनस्ट्रोन सुप खान सक्छौँ । पिज्जामा पनि मैदाको ठाउँमा आँटाको बेस बनायो भने स्वास्थ्यलाई धेरै असर गर्दैन ।

अर्कोतिर, बेलायती तथा युरोपेली खानाहरुमा हामीले टमाटर, बेक्ड बिन्स, मसरुम प्रयोग भएका खानाहरु रोज्न सक्छौँ । त्यस्तै फ्रेन्च खाना देख्दा नै मुखमा पानी आउँछ । तर, हामीले फ्रेन्च खानामा पनि निकोइस सलाद, रैटाटोइलबाट खाना खान सुरु गरेको खण्डमा हाम्रो स्वास्थ्यलाई त्यति धेरै असर गर्दैन ।





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार २१:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया