गाजर खानुहोस्, यसले घटाउँछ क्यान्सर र हृदयघातकाे सम्भावना

एजेन्सी– आफूलाई स्वास्थ्य राख्न चाहने तथा आफ्नो आँखाको ज्योति नगुमोस् भन्ने चाहनेका लागि गाजर निकै फलदायी हुनसक्छ ।

कम क्यालोरी भए पनि गाजरको स्वाद निकै मीठो हुन्छ । यतिमात्र होइन, यो अनेक पौष्टिक तत्वले भरिपूर्ण हुन्छ जसले हाम्रो स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ । यदि गाजर हाम्रो नियमित खानामा समावेश भयो भने हामीले धेरै समस्याहरुबाट छुट्कारा पाउँछौँ ।

गाजरका केही फाइदाः

१. गाजरको नियमित सेवनले हाम्रो आँखाको स्वास्थ्य राम्रो हुन्छ । यसमा बिटा क्यारोटिन हुन्छ जो पेटमा पुगेपछि भिटामिन एमा बदलिन्छ । आँखाको रोग मोतियाबिन्दु कम गर्न पनि गाजरको ठूलो भूमिका हुने विश्वास गरिन्छ ।

२. गाजरको नियमित सेवनले फोक्सो, स्तन तथा कोलोन क्यान्सरको खतरा पनि कम हुन्छ । गाजर एउटा मात्र खाद्यान्न हो जसमा फाल्केरिनोल नामको किटनाशक पाइन्छ । गाजरको सेवनले क्यान्सरको सम्भावना एक तिहाइले कम हुन्छ ।

३. यसलाई एन्टि एजिङ खानाका रुपमा पनि चिनिन्छ । अर्थात् गाजर खानेहरुको अनुहारमा बुढ्यौलीका रेसा देखिने सम्भावना निकै कम हुन्छ । 



४. गाजरमा हुने औषधीय गुणले विभिन्न संक्रमणलाई कम गर्छ, यसको जुस पिउँदा झन् धेरै फाइदा हुन्छ ।

५. हार्वर्ड विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार गाजर नियमित खानेहरुमा हृदयघातको सम्भावना पनि कम हुन्छ ।



६. गाजर खाने हो भने हाम्रो शरीरमा भएका विषालु पदार्थ पनि बाहिर निस्कन सहज हुन्छ ।

७. गाजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ । दाँतको सफाइ गर्नुका साथै गाजरले हाम्रो सासलाई पनि स्वच्छ राख्छ । 

  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ०:५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया