पाकिस्तानमा सडक दुर्घटनाबाट ५१ जनाको मृत्यु

पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको हो । 

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा सात देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए । 

घाइते भएका दुई जनाको अवस्था गम्भीर छ । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ । एघार जनालाई उद्धार गरिएको छ । खोज तथा उद्धार जारी रहेको बताइएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १५:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया