सलमान खानको फिल्म ‘भारत’ पाकिस्तानमा 'रोकियो'

एजेन्सी– बिहिबार भारत प्रशासित कश्मिरको पुलवामा भएको आक्रमणपछि भारत र पाकिस्तानसँग जोडिएका अनेक समाचार बाहिर आइरहेका छन् । र, यही शृङ्खलामा अब आएको छ अर्को समाचार । समाचार हो– बलिउड अभिनेता सलमान खानसँग जोडिएको । 

सलमान खानको नयाँ फिल्म ‘भारत’ २०१९ को इदको मौका पारेर रिलिज हुँदै थियो । तर, पाकिस्तानमा यो फिल्म रिलिज नगर्न त्यहाँको फिल्म बोर्डले आदेश जारी गरेको छ ।

पाकिस्तानमा यसअघि सलमानका फिल्महरुले राम्रो कमाएका त थिए तर यसअघि नै पाकिस्तानको सूचना मन्त्रालयले इदको अवसर पारेर त्यहाँ भारतीय फिल्म रिलिजमा बन्देज लगाएका थिए । त्यही नियमका कारण अब सलमान खानको फिल्म पाकिस्तानमा इदमा रिलिज हुनबाट रोकिएको छ ।

सलमानको यो फिल्म भारतमा र अन्य ठाउँमा ५ जुनमा रिलिज हुँदैछ । फिल्ममा सलमान ७ विभिन्न अवतारमा छन् । उनका साथै क्याटरिना कैफ, ज्याकी श्राफ पनि फिल्ममा छन् ।
 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ०:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया