इंग्लिस प्रिमियर लिग क्लब एभर्टनको मुख्य प्रशिक्षकमा सिन डेची नियुक्त भएका छन् । उनी फ्रान्क लाम्पार्डको स्थानमा मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
डेचीसँग एभर्टनले साढे २ वर्षको सम्झौता गरेको छ । उनी २०२५ को जुनसम्म एभर्टनमा रहने छन् । एभर्टनले गत हप्ता लाम्पार्डलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको खोजी थालेको थियो ।
एभर्टन जारी सिजनमा १९ औं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।