माओवादीको स्थायी कमिटी र पदाधिकारी बैठक भोलिसम्म स्थगित

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजका लागि बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक सरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता र आवश्यक तयारी नपुगेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।

निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए ।  उनका अनुसार स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको हो ।  

बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालयलगायतका विषयमा छलफल हुने बुझिएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार ८:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया