सत्ता साझेदार दलका अध्यक्षसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल
फरकधार / १८ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ । 



भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग बुधबार बालुवाटारमा छलफल गरेका हुन्।



सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैँ राखेका छन्।



नागरिकता पुनः प्राप्ति गरेपछि रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएमा सरकारबाट बाहिरिने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले भने अदालतको पूर्ण पाठ नआएसम्म गृह नदिने यसअघि नै बताएका थिए । 







  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार ११:२:१८,   अन्तिम अपडेट : माघ १८, २०७९ बुधबार ११:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया