भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएको हो ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा र मट्टितेल लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेर आएको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको हो ।
भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।