निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई स्पष्टीकरण सोध्दै जसपा
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तर्घात गर्नेहरूलाई स्पष्टीकरण सोधिरहेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण संकलन गर्ने र बयान लिने काम गरिरहेको हो ।

समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ । टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तर्घातको आरोप लागेको छ । 

पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ । 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ११:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया