पक्राउ परेका सांसद चौधरीलाई धनगढी ल्याउन सुरक्षा चुनौती, हवाई मार्गबाट काठमाडौं लगिने
फाइल तस्बिर

पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं लैजाने तयारी गरिएको छ । कैलालीको धनगढी ल्याउन सुरक्षा चुनौती देखिए पनि हवाई मार्गबाट काठमाडौं लिने तयारी गरिएको हो ।

सुरक्षा संवेदनशीलताका कारण काठमाडौं लगेर त्यहाँबाट कैलालीको धनगढी ल्याउने तयारी भइरहेको प्रहरी जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका सांसद चौधरीलाई बाँकेबाट हवाई मार्ग भएर काठमाडौं लैजाने र त्यहाँबाट हवाई मार्गमै धनगढी उतार्ने बारेमा छलफल भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले बाँकेबाट पक्राउ परेका सांसदलाई कैलाली ल्याउने रुट आफूलाई यकिन जानकारी दिए । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो । 

अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । प्रतिनिधिसभा चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई भराउने फैसला गरेको थियो ।

साबिकको बलिया गाविस ५ का महादेव बजगाईँले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको निजी ट्याक्टर जलाएको आरोपसहित २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा मुद्दा हालेका थिए । उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीन जनालाई जनही ६ महिना कैद र बिगो असुल्न गर्न आदेश दिएको थियो । 

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १६:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया