सांसद चौधरीलाई रिहाई गर्न नागरिक उन्मुक्ति पार्टीले दियो २४ घण्टे अल्टिमेटम
पक्राउ परेका सांसद अरुणकुमार चौधरी

नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसदलाई रिहाई गर्न माग गरेको छ । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ । 

१० वर्षसम्म कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए ? भन्दै प्रश्नसमेत गरेका छन् ।

१० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार २०:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया