गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

बैतडी – गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  ३५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो ।  

जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।  

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । 

गहुँबालीमा फौजी कीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । 

गहुँबालीमा फौजी कीराको प्रकोपका विषयमा कृषि प्राविधिकहरुले अध्ययन गरेर माथिल्लो निकायमा पठाइसकेका छौँ उनले भने,‘गहुँमा बाला लाग्ने समयमा फौजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठिन हुनेछ’ गहुँ फल्ने मुख्य खेतमा फौजी कीराको प्रकोप देखिएकाले यो वर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।' 

गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको बीउ वितरण गरेको थियो । 



बैतडीमा २१ हजार ९०० हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । 



  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ९:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया