हवाई दुर्घटना न्यूनीकरणका लागि बनेका नयाँ नियममा के छ ?
फाइल फाेटाे

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न केही नियम थप गर्दै कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । प्राधिकरणले हालै थप  पाँच वटा नयाँ नियम जारी गरेको हो । 

जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा ल्याउन लागिएको छ ।  केही नियम भने आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा ल्याइने बताइएको छ ।

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । नयाँ नियमअनुसार हाल दैनिक १० घण्टा वा १० उडान गर्न पाउने प्रावधान रहे पनि अब एउटा पाइलटले दिनमा आठ घण्टा वा बढीमा आठ वटा मात्र उडान गर्न पाउनेछन् । 

त्यस्तै नयाँ नियम अनुसार जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउने छैनन् । पहाडी क्षेत्रमा हुने ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्ने बताइएको छ । 

यही माग १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्नका लागि थप नयाँ नियम कार्यान्वयनमा ल्याएको हो । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १०:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया