युक्रेनी राष्ट्रपति र युरोपेली संघ अध्यक्षबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यसक्रममा युक्रेनलाई संघले उपलब्ध गराउने  सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा सङ्घको सराहना गरे । उनले संघका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको रायट्रपति जेलेन्स्कीको प्रेस सेवाले जनाएको छ ।

संघका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिएका थिए । रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् ।

सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गर्दै आएको छ । यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भेटवार्ता गरेका थिए । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १३:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया