प्रधानमन्त्री प्रचण्ड भन्छन् - अर्थतन्त्रमा समस्या छ
फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या आएको बताएका छन् । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताए ।

तर केही सकारात्मक संकेत पनि देखिएको भन्दै प्रधानमन्त्रीले यी समस्या हल गर्ने अठोट लिएको बताएका छन् । उनले आफूले तेस्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने काम गरिरहेको बताए । 

यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो । पछिल्लो समय बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको दाबी गर्दै उनले अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा ढुक्क रहेको बताए । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १७:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया