पुलवामा आतंककारी र सेनाबीच भीडन्त हुँदा मेजरसहित चार सैनिक मारिए

एजेन्सी– भारतकाे प्रसासित क्षेत्र जम्मु–काश्मिरकाे पुलवामा जिल्लाकाे पेलेगंना क्षेत्रमा आत‌ंककारीले चलाएकाे गाेली लागेर साेमबार चार सैनिककाे मृत्यु भएकाे छ ।

गाेली चल्न बन्द भएपनि उक्त इलाका सेनाले घेरा हालेकाे बताएकाे छ । आतंककारी लुकेकाे सूचना मिलेपछि सेनाकाे ५५ आरआर,सीआरपिएफ र एसआेजीले संयुक्त रुपमा अपरेशन सुरु गरेकाे थियाे । 

सैनिककाे वार्निंग फायरिंगपछि आत‌ंककारीले गाेली चलाउँदा मेजरसहित चार सैनिककाे मृत्यु भएकाे हाे । 

यसमा मेजर डीएस ढोंढियाल, हेड कन्स्टेबल सावे राम, सिपाही अजय कुमार र हरि सिंह रहेका छन् । आतंककारी लुकेकाे घरका मालिककाे पनि मृत्यु भएकाे छ । 

 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ११:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया