मन्त्री सिंहको पहिलो निर्णय - नागरिकसँग गृह तथा सञ्चारमन्त्री कार्यक्रम सञ्चालन गर्ने

मधेस प्रदेश सरकारका नवनियुक्त गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले शुक्रबार शपथ लिएसँगै पदभारसमेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री सिंहले ‘नागरिकसँग गृह तथा सञ्चारमन्त्री कार्यक्रम’ सञ्चालन गर्ने भन्दै पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रदेशमा शान्ति सुरक्षाको स्थितिको विषयमा ‘नागरिकसँग गृह तथा सञ्चारमन्त्री’ कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्ने बताएका छन् । उनले आफ्नो मन्त्रालयको जिम्मेवारी नै प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेकोसमेत बताए ।

मन्त्री सिंहले गरेको निर्णयमा प्रदेशको शान्ति सुरक्षाको अवस्था के छ ? शान्ति सुरक्षा र सुव्यवस्थाको सन्दर्भमा नागरिकहरुको धारणा के छ ? लगायतका विषयमा नागरिकसमक्ष सम्पर्क विस्तार गर्ने, शान्ति, सुरक्षा र सुव्यवस्थालाई सुदृढ बनाउन सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, पृष्ठपोषण प्राप्त गर्ने लगायतका क्रियाकलाप सञ्चालन गर्ने उल्लेख छ ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले विविध खर्च शीर्षकबाट कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार १०:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया