सरकारको काम अब बुलेट ट्रेनभन्दा पनि स्पिडमा गर्छौँ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढी स्पिडमा हुने दाबी गरेका छन् । शनिबार मधेस प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री यादवले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘भोलि बिहान ११ बजे सबै मन्त्री र सचिवहरूको बैठक आह्वान गरेको छु । बैठकबाट एउटा ठोस निष्कर्ष निकालेर प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढी स्पिडमा गरिनेछ ।’

मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो उद्देश्य रहेकोसमेत बताए । उनले आफूले भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।  ‘चार वटा विशेष कुरामा मैले ध्यान दिएको छु, ‘उनले भने,‘ स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन मेरो प्रमुख प्राथमिकतामा छ । यो चार वटा क्षेत्रमा हामी दिनरात काम गर्नेछौँ ।’

उनले विगत वर्षका बाँकी रहेका अप्ठ्यारा कामहरूलाई पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘गत वर्षका उपभोक्ता समितिले काम गरेका भुक्तानीहरू पाएका छैनन् । दुई/तीन वर्ष अगाडिदेखि स्वच्छता अभियानका कामहरू भएका छन् । मुख्यमन्त्री कार्यालयबाट पनि धेरै टेन्डरहरू भएका थिए । ठेकेदारहरूले काम गरिसके पनि भुक्तानी भएको छैन । मैले सचिवहरूलाई १५ दिनभित्र यसको निकास निकालेर भुक्तानीका लागि काम अगाडि बढाउन निर्देशन दिइसकेको छु ।’

मुख्यमन्त्री यादवले पहिलो कार्यकालमा आफू सभामुख हुँदा प्रदेशसभा सदस्यहरूको सहयोगले ऐन कानुन मात्र नभई प्रदेशको नाम र राजधानी जस्तो विषय पनि सहमतिमै पारित गराएकोले यस पटक पनि सबैको सहयोग पाए राम्रो काम गर्ने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार १९:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया