रास्वपाको आकस्मिक बैठक सुरु, सरकारमा रहने कि बाहिरिने निर्णय आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल सुरू भएको छ । सोही प्रयोजनका लागि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । 

रास्वपाले सरकार गठनका बेला भएको सहमतिअनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ । उसले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

शुक्रबार रास्वपाका सभापति रवि लामिछानेलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अर्को मन्त्रालय लिन र आफूबाहेक अरूलाई
सरकारमा पठाउन प्रस्ताव गरेका थिए ।





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार २०:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया