फ्रेन्च लिग वानमा टुलुसविरुद्ध पिएसजी २–१ ले विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एक गोलको अग्रता उल्टाएर पिएसजी विजयी भएको हो ।
पिएसजीको जितमा अच्राफ हाकिमी र लियोनल मेस्सीले एक/एक गोल गरे । खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टोउलोउसेलाई सुरुआती अग्रता दिलाए ।
खेलको ३८ औं मिनेटमा हाकिम अच्राफीले गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए ।
यो जितसँगै शीर्ष स्थानको पिएसजीले २२ खेलमा ५४ अंक जोडेको छ । पराजित टुलुस २९ अंक जोडेका साथ १२ औं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।