कासिमिरोले रेड कार्ड पाएको खेलमा युनाइटेड २–१ ले विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस राशफोर्ड एक/एक गोल गरे । 

क्रिस्टलका जेफ्री स्लुपले गोल फर्काए । सातौं मिनेटमा फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ६२ औं मिनेटमा राशफोर्डको गोलले युनाइटेडले अग्रता दोब्बर बनायो ।  

खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । ह्युगले प्रहार गर्ने क्रममा अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै कासिमिरोलाई रेडकार्ड दिएका थिए ।

खेलको ७६ औं मिनेटमा क्रिस्टलका स्लुपले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । यो जितसँगै युनाइटेडले २१ खेलबाट ४२ अंक जोडेको छ । ऊ तेस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत नै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० तथा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले हराए । ब्राइटनले बर्नेमाउथविरुद्ध १–० जित निकाल्यो । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार ८:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया