नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । योसँगै नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल सर्वसम्मत चयन हुने सम्भावना बढेको छ ।
सत्ता साझेदार दलले माओवादी केन्द्रबाट राष्ट्रियसभामा सांसद बनेकी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार बनाउने चर्चा चलिरहेका बेला माओवादीप्रति एमाले सशंकित बनेको छ ।
गत १० पुसमा भएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने माग गरिरहेको एमालेलाई माओवादीले नसघाउने संकेत गरिसकेको छ ।
माओवादीबाट बनेका मुख्यमन्त्रीलाई कांग्रेसले सघाउँदै आएको छ । उसले बागमतीमा माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।