भेनेजुएलाले भ्रमणमा रहेका युरोपेली सांसदहरुलाई देश निकाला गर्यो

एजेन्सी – भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता जुआन गाेइदाेले सरकारको उक्त कदम ‘अविवेकी’ भएकाे प्रतिक्रिया दिएका छन् ।

युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले खुलाएको  छैन् । 

स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले भनेका छन्, ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।’

यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका विपक्षी नेता जुआन गाेइदोले मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ । 

गाेइदाेलाई युराेपका ३० सहित ५० भन्दा बढी देशले समर्थन गरेका छन् भने मदुराेकाे समर्थनमा चीन, रुसलगायतका देश रहेका छन् । 

देश छाड्न आदेश दिइएका अरु सांसदहरुमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् । 
 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १३:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया