रास्वपाको ‘निर्णायक’ बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले सरकारबाट बाहिरिने कि नबाहिरनेबारे निर्णय गर्ने बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृहबाहेक मन्त्रालय  प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ । 

आइतबार बिहान सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ ।  

निर्णायक भन्दै शनिबार राति बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।      





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १३:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया