तीनवटा विषयको पढाइ नभएको भन्दै धनुषामा विद्यार्थी आन्दोलित

धनुषाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । जिल्लाको बटेश्वर गाउँपालिका–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरू विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ नभएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

विद्यालयमा विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरूले आइतबार प्रदर्शन गरेका छन् । आन्दोलित विद्यार्थीहरूले वडा नम्बर–१ को कार्यालय घेराउ गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरूले वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधिलाई नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका छन् । वडा कार्यालय अगाडि सडक अवरुद्ध गरेर टायर बाल्दै प्रदर्शनसमेत गरेका विद्यार्थीहरूले विद्यालयमा यथाशीघ्र शिक्षक ल्याउनुपर्ने माग गरेका छन् ।

उनीहरूले एसइई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको गुनासोसमेत गरेका छन् । लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षक माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरूले बताएका छन् ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १५:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया