सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सो दलको आइतबार सम्पन्न केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरे पनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । 

आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आइतबार पनि सोही माग राखेका थिए ।  

प्रधानमन्त्रीलाई गृहमन्त्रीबारे निर्णय गर्न रास्वपाले सुरुमा पाँच दिनको र थप दुई दिनको अल्टिमेटम दिएको थियो । पछिल्लो अल्टिमेटम पनि सकिएपछि रास्वपाले बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १६:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया