सरकारमा जानु नै गलत थियो : रास्वपा नेता कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु नै गलत भएको बताएका छन् ।

रास्वपाको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए ।  पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेकोमा लामिछानलेले उक्त प्रस्ताव अस्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १८:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया