रह शर्माको उपन्यास ‘ईप्सान्त’ सार्वजनिक

काठमाडौँ– साहित्यकार रह शर्मा (शशिकिरण रेग्मी) को उपन्यास ‘ईप्सान्त’ शनिवार विमोचन भएको छ । चितवन साहित्य सङ्गमको आयोजनामा चितवनमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले पुस्तक लोकार्पण गरेका हुन् ।  

उपन्यासमा १२ वटा मुलुक पार गरेर अमेरिका पुग्दा बाटोमा एकजना साथीको मृत्यु भएको घटना रहेको छ । 

अमेरिका पैसाको सपना बाँड्ने मुलुक हो र त्यो प्राप्तिको लागी अभिमुख युवाहरू जायज नाजायज कुनैपनि मार्ग अपनाउँदा हुने जोखिमको दर्दनाक घटनाक्रम समेटिएको छ ‘ईप्सान्त’मा । 

समीक्षक डा. धनेश्वर भट्टराईले हावामहलको सपनाले मान्छेलाई दुर्गतिमा पु¥याउने सन्देशतर्फ उपन्यास लागेको बताए । 

यो पुस्तक शिखा वुक्सले प्रकाशन गरेको हो । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १४:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया