राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

रास्वपार्टीबाट श्रम, तोसिमा कार्कीले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।  

अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि उपप्रधानसहित गृह मन्त्रालय गुमाएको रास्वपाले आफ्नो अडान कायम राखेको थियो । रास्वपाको आजबसेको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रस्ताव गरेका थिए । रास्वपाले उक्त प्रस्ताव स्वीकार नगरेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयबमोजिम मन्त्रीहरुले राजीनामा दिएका हुन् ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार २०:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया