प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सो सहमति भएको हो ।
भेटबारे जानकारी दिँदै माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्ने सहमति भएको बताए । दुइ पार्टीबीच एकता गर्नेगरी कुरा भएको र एकताको आधार बिस्तारै बनाउँदै जाने उनले बताए ।
अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका छन् । भेटमा प्रचण्डले बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।