बारा दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडाैं– माघ १२ गते बारामा जीप दुर्घटनामा परेर घाइते भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो ।

बनभाेजबाट फर्किने क्रममा ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप  पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पाेख्रेलकाे घटनास्थलमा मृत्यु भएकाे थियाे भने प्रजिअ भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । चालक कुर्मी अहिले प्रहरी हिरासतमा छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १५:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया