भृकुटीमण्डपमा चाै‌ंथो खाद्य मेला हुने

काठमाडौं– भृकुटीमण्डपमा चौंथो खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा पोषण सम्बन्धि जानकारी दिने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ 

संघको सहआयोजकमा मेला हुन लागेको हो ।

मेलामा विभिन्न जाति, जनजातिका परिकारहरु, परम्परागत खाद्य पदार्थहरु, स्वदेशी खाद्य उत्पादनहरुका ७५ स्टलहरु रहनेछन् । यस्तै विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत रहने आयोजकले बताएको छ । 

‘परम्परागत, पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं भन्ने नाराका साथ हुने मेलामा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

१० फागुन देखि तीन दिनसम्म चल्ने मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 
 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १५:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया