प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’
टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समयमा बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पसमेत महसुस भएको युएसजीएसले जनाएको छ । टर्कीमा पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ । भूकम्पले जनधनको ठूलो क्षति गरेको बताइए पनि पूर्ण विवरण भने आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।