सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।