जसपाले गर्‍यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) नेपालले कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ ।

सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको छ ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरू स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारू, शिल्पी/दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने’ उल्लेख गरिएको छ । 

‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवं छलफल गर्नका लागि हामी तपाईँको पार्टीसँग हार्दिकता साथ प्रस्ताव अगाडि बढाउन चाहन्छौं’ पत्रमा भनिएको छ ।  

जसपाले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरूसँग पनि एकताको पहल गरिरहेको छ ।  





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १०:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया