ललितपुरको गोदावरीमा महिलाको शव फेला
प्रतीकात्मक तस्वीर

ललितपुरमा एकजना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार सोमबार गोदावरी नगरपालिका–३ कोटार डाँडास्थित जंगलको खोल्सामा कुहिसकेको अवस्थामा महिलाको शव फेला परेको हो ।

ती महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरीले शव पोस्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ ।  पोस्टमार्टमपछि घटनाबारे केही खुल्नसक्ने एसपी पोखरेलले जानकारी दिए ।  

अहिले हराएका व्यक्तिको उजुरी पनि हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १२:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया