सांसद चौधरीको आँखामा समस्या, कारागारबाट अस्पताल लगियो

निलम्बित प्रतिनिधि सभा सांसद अरुण चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ । आँखामा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको छ ।

कैलालीको धनगढीस्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । 

कैलाली–२ बाट निर्वाचित भएका चौधरी ३ भदौ २०६६ मा लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन् । २ भदौ २०६७ मा कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । 

सोही मुद्दामा ९ वैशाख २०७० मा जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 

६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालतमार्फत कारागार चलान गरिएको थियो । 





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १४:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया