सेयर बजारमा सात अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा सोमबार पनि सेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारर मापक नेप्से परिसूचक सात दशमलव २१ बिन्दुले घटेर एक हजार १ सय २ दशमलव ५१ बिन्दुमा झरेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव आठ बिन्दुले घटेर २ सय ३४ दशमलव ३६ बिन्दुमा पुगेको छ । कुल १ सय ६१ कम्पनीको आठ लाख ७६ हजार २ सय ८ कित्ता सेयर २३ करोड ४५ लाख ९४ हजार ३ सय ८१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका एघार उपसमूहमध्ये दुई उपसमूहको सेयर बढेको छ भने नौ उपसमूहको सेयर घटेको छ । होटल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ बिन्दुले बढेको छ । 

यस्तै, बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बिमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त ६ दशमलव ७४ र जीवन बिमा १९ दशमलव शून्य आठ बिन्दुले घटेको छ । 

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टिलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक सेयर तीन दशमलव १८ प्रतिशतले कमाएका छन् । 



यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर ६ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था पाँच दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका सेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् । 



  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १७:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया