राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको छ ।
उपनिर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार छन् ।
एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।