गत सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको मृत्यु भएको छ । टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी टुर्कासलानको मृत्यु भएको हो ।
टुर्कासलानआवद्ध क्लब एनी मालत्यास्पोरले भूकम्पमा उनको मृत्यु भएको पुष्टि गरेको छ । २८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आबद्ध भएका थिए ।
बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन् । भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन् ।
भूकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।