बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।
अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुन् । ओलीसँगको भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं,’ बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । सत्ता साझेदार दलबीचबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रचण्ड र ओलीले छलफल गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।