नेताकाे प्रतिक्रिया लिन पत्रकार दाैडिनुपर्ने अवस्था अन्त्यका लागि 'पत्रकार भेटघाट कक्ष' स्थापना गर्नुपर्छ : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेताकाे प्रतिक्रिया लिन पत्रकार दाैडिनुपर्ने अवस्था अन्त्यका लागि 'पत्रकार भेटघाट कक्ष' स्थापना गर्नुपर्ने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले संघीय संसद् भवनभित्रै 'पत्रकार भेटघाट कक्ष' स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उपाध्यक्ष नेम्वाङले संसद् भवनको मूल गेटमा पत्रकारहरू बन्दुक तेर्स्याएर जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर त्याे कक्ष बनाउन उपयुक्त हुने बताए । 

भेटघाट कक्षले दलका नेता, सांसद र संघीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने उनले बताए । 
 





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १८:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया