सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने नाउपाको निर्णय
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आफूहरूको माग र मुद्दा सम्बोधन नभएकाले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णयमा पुगेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ,’ प्रतिनिधि सभा सदस्यसमेत रहेकी श्रेष्ठले भनिन् । 

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरूले बुधबार नाउपा नेताहरूसँग छलफल गरेका थिए । तर, दुवै पार्टीका नेताहरूबीच सहमति जुट्न सकेन । 

मुख्यमन्त्री रावलले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ । तर, नाउपाका सांसद काठमाडौंमै रहेकाले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ । आज विश्वासको मत नपाए रावल स्वतः पदमुक्त हुनेछन् । 

त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । रावल २७ पुसमा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।   





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १२:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया