कपिलको सोबाट निकालिएका छैनन् सिद्धु !

एजेन्सी– केही दिनअघिमात्र पुलवामामा भारतीय सैनिकमाथि भएको आक्रमणलगत्तै दिएको अभिव्यक्तिका कारण नवजोत सिंह सिद्धु कमेडियन कपिल शर्माको सोबाट निकालिएको समाचार आएको थियो । भारतमा मात्र होइन, यो समाचार नेपालमा पनि निकै भाइरल भयो । 

सिद्धुमाथि भारतीय मिडियामा राम्रै ट्रोल बनाइयो । कतिसम्म भने सोनी टिभीले उनलाई निकालेको भन्ने पनि समाचार आयो । तर, अब यो सबै कुरा गलत रहेको खुलासा भएको छ । कपिल शर्माले नै यस विषयमा बोलेपछि सिद्धु कपिल शर्माको कार्यक्रमबाट निकालिएको भन्ने समाचार अफवाह मात्र भएको पुष्टि भएको हो ।

एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै कपिल शर्माले सोबाट सिद्धुलाई ननिकालिएको बताएका छन् । उनले सिद्धु राजनीतिक काममा व्यस्त भएको र उनको ठाउँमा अर्चना पुरन सिंह ल्याएको बताएका छन् । उनले सिद्धु निकालिएको कुरा सामाजिक सन्जालमा फैलिएको प्रपोगान्डा मात्र भएको पनि बताएका छन् ।

यसको अर्थ हो, सिद्धु अब छिट्टै फेरि कपिल शर्माको सोमा देखिने छन् ।
 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ०:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया