टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, उद्धार कार्य जारी

गत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र सिरियामा ३ हजार ५०० सयजनाको मृत्यु भएको हो ।

उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् । टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।   

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । यसैबीच, अमेरिकीले भूकम्पबाट प्रभावित टर्की र सिरियालाई ८ करोड ५० लाख डलर सहयोग गर्ने भएको छ ।  

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका लागि प्रयोग गरिने छ । साथै, जाडोबाट जोगिनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।  





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार ९:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया