लेस्टर सिटीले टोटेनहमलाई ४–१ ले हरायो
फरकधार / २९ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहमलाई ४–१ गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा १४ औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । 



यद्यपि उसको अग्रता लामो समयसम्म टिक्न सकेन । २३ औं मिनेटमा लेस्टरका नाम्प्लेस मेन्डीले गोल गर्दै खेललाई १–१ अवस्थामा ल्याए । २५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । 



पहिलो हाफको इन्जुरी समयमा केलिची इहानाचोको गोलबाट लेस्टरले ३–१ को अग्रता बनायो । ८१ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ४–१ को फराकिलो जित दिलाए ।



१३ औं स्थानमा रहेको लेस्टरले २२ खेलबाट २४ अंक जोडेको छ । टोटेनहम ३९ अंकका साथ पाँचौं स्थानमा रहेको छ । 







  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार ७:५७:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया