ट्रम्पविरुद्ध अमेरिकाका १६ राज्यले अदालतमा मुद्दा दायर गरे

एजेन्सी– अमेरिकाका १६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतमा केस दायर गरेका छन् । 

यी राज्यका अनुसार मेक्सिकोको सीमामा पर्खाल बनाउने फन्ड जुटाउन ट्रम्पको संकटकाल लगाउने निर्णय संविधानको उल्लंघन हो । ट्रम्पले १५ फेबु्रअरीमा अमेरिकामा संकटकालको घोषणा गरेका थिए । 

ट्रम्प प्रशासनविरुद्धको मुद्दा क्यालिफोर्नियाको फेडरल कोर्टमा दायर गरेका छन् । अदालतमा दर्ता गरिएको उजुरीमा राष्ट्रपतिले संकटकाल लगाउने आदेश प्रिजेन्टमेन्ट क्लज र एप्रोप्रिएन्स क्लज विपरित रहेको र प्रिजेन्टमेन्ट क्लजमा विधायकी प्रक्रिया उल्लेख गरेपनि एप्रोप्रिएन्सस क्लजमा सार्वजनिक फन्डका लागि कंग्रेस अन्तिम संस्था भएको लेखिएको छ ।

यी राज्यले मिलिट्री परियोजना, विपद व्यवस्थापन र अन्य आवश्यक कामका लागि राखेको बजेट खर्चन हुने खतरा भएका कारण ट्रम्पविरुद्ध मुद्दा दायर गरेको क्यालिफोर्नियाका महान्याधिवक्ता जेवियर बेसेराले बताए । 

ट्रम्पविरुद्ध केस दायर गर्ने राज्यहरुमा क्यालिफोर्निया, कोलोराडो, डेलावेयर, इलिनाय, मेन, मेरिल्यान्ड, मिसिगन, मिनेसोटा, नेवादा, न्युजर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन, भर्जिनिया, हवाई र कनेक्टीकट रहेका छन् । 

कतिपय रिपब्लिकन सिनेटरले पनि संकटकाल घोषणा गरेकोमा आलोचना गरेका छन् । ट्रम्पले कार्यकारी शक्तिको दुरुपयोग गरेको बताएका छन् । 



फेबु्रअरी १४ मा कंग्रेसले सीमामा ८८ किलोमिटर फेन्सिङका लागि १.३७५ बिलियन डलर बजेट पास गरेको थियो । तर ट्रम्पले ५.७ बिलियन डलर मागिरहेका छन् । 



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ९:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया