जीतपुर सिटी मार्केटमा आगलागी, पाँच पसल जलेर नष्ट
फाइल तस्बिर

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सिटी मार्केटमा आगलागी हुँदा पाँचवटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् । आज बिहान भएको आगलागीमा अन्य पसलमा पनि क्षति पुगेको छ ।  

स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

आगो निभाउन अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो,जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबाट दमकल आएका थिए । अधिकांश कपडा पसल रहेको उक्त मार्केटमा आगलागी सुरु भएलगत्तै स्थानीय व्यवसायीले प्रहरी र दमकललाई खबर गरेका थिए ।

झन्डै तीन घण्टासम्म लागेको आगोले ६० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।  





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार ११:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया